<p>२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो ।</p><p> </p><p>तर राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनः जागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको 'अधुरा क्रान्ति' ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउँछ ।</p>
Piracy-free
Assured Quality
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.