Daam Aafai Jurnush


Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.

LOOKING TO PLACE A BULK ORDER?CLICK HERE

About The Book

भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा व्यंग्य लेखनमा उत्कृष्ट गम्भीर अनि अथक स्रष्टा हुन् - सुदर्शन अम्बटे। मान्छेका सोच तिनमा निहित खोट समाजका विद्रूपता एवम् सामान्य मानवीय त्रुटी (ह्युमन एरर) सम्मलाई सिर्कुना बनाएर हँसाउँदै हँसाउँदै तर थुचुक्क थुचुक्क बसुञजेल व्यक्ति अनि समाज दुवैलाई स्वाँठ स्वाँठ सोड्क्याउनु उनको लेखकीय प्रवृत्ति विशेषता। उनको लेखनको उर्वरता अनि प्रतिबद्धताका साक्षी बोलिरहेका प्रकाशित कृति यिनै हुन - 1) पृथ्वी कस्तो छ ? (व्यंग्य संग्रह सन् 2000) 2) अज्माइ हेर्नुस् ! (व्यंग्य संग्रह सन् 2001) 3) ज्ञान सरोवर (उखान तुक्का संग्रह-2009) 4) झ्याउकिरी र जुनकिरी (बाल कविता-2018) 5) मासु मीठो कि मसला ? (व्यंग्य संग्रह-2021) 6) दाम चै आफै जोड़नुस् !(व्यंग्य संग्रह-2022) मौलिक सिर्जना सँगसँगै सम्पादन / प्रकाशन कार्यमा पनि संलग्न रहेका साक्षी यी हुन् - क) आविर्भाव ख) निशानी पन्द्र ग) सारथी लेखकका रुपमा मात्र होइन तर मैदानमा ओर्लिएर समाजोपयोगी कार्यहरु पनि उसरी नै गरेका छन् उनले - अ) संस्थापक “अम्बटे ब्राञ्च पोस्ट अफिस“- 1982 आ) संस्थापक “नालन्दा निकेतन शैक्षिक संस्थान“ -1995 इ) संस्थापक “अम्बटे अर्गानिक हाट“- 2009 ई)संस्थापक “ग्राहक सेवा केन्द्र एस बी आई“-2017 लेखन वचन र कर्ममाझ सामञ्जस्य राखेर बाँच्ने साहित्य सर्जकहरूमा एक सामान्य बोलचालका भाषालाई प्राधान्य दिँदै सरल सरस गम्भीर अनि चोटिला व्यंग्य लेख्ने स्रष्टा सुदर्शन अम्बटे सामान्य व्यवहारमा पनि उसरी नै सरल रसिला गम्भीर प्रिय अनि आदरणीय। यहाँलाई हार्दिक बधाई अनि शुभकामना। - सञ्जीव छेत्री
Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Fast Delivery
Fast Delivery
Sustainably Printed
Sustainably Printed
downArrow

Details