मूल लेखक : स्नेहा जोनाक दत्त स्नेहा जोनाक दत्त असमकी एक परिचित कवियत्री हुन । उनका प्रकाशित पुस्तकहरु १.सरगर मन्दाकिनी २.महामानव डा. आम्वेदकार ३. जीवनर अनाहुती गान ४. रदर गान उनि गीतकार र आवृतिकार पनि हुन। उनले असमीया भाषामा डिब्रुगढ़ विश्वविद्यालय बाट स्नातकोत्तर डिग्री हासिल गरेकीछन। राष्ट्रिय पुरस्कार प्राप्त गर्ने कविलाई २६ जनवरी २०१७ का दिन स्थानीय तितावर जोरहाट असमका महकुमाधिपति ले ६८ तम गणतन्त्र दिवसका दिन अभिनन्दन ज्ञापन गर्दछन। स्नेहा जोनाक दत्त ले असम भाषा गौरव अन्तर्गत लेखक सम्वर्धना असम सरकार बाट प्राप्त गरेकी छन। प्रसिद्ध साहित्यकार डा. करवी डेका हाजरीका ले उनलाई हृदय निर्भर कविनाम ले पनि सन्मान गरेकीछन। प्रकाशन का तर्फबाट उनको भविष्यत उज्वल कामना गर्दछौं।